मौलाकालिका मन्दिरको काख , कृष्णगण्डकी र त्रिशूली नदीको सङ्गममा अवस्थित र्र्र्र्धािर्मक स्थल देवघाटको समिप ,नारायणी नदीको किनार,पूर्व पश्चिम राजमार्गको शिलान्यास स्थल ,प्राकृतिक सम्पदाहरुको धनी,सामाजिक सेवा एवम सहकारी भावनाका दृष्टिले ऊर्वर ,विविध मौलिक सांस्कृतिक पहिचान र औद्योगिक विशेषतायुक्त यस गैडाकोट नगरपालिकाका विविध सम्भावनाहरुलाई आत्मासात गर्दै यहाँको कृषि ,कृषिजन्य उद्यम ,व्यापार ,वाणिज्य ,पर्यटन , उद्योग ,कला ,संस्कृति,सेवा ,साहित्य आदिको चिनारी दिने उद्धेश्यले उद्योग वाणिज्य संघ गैडाकोटको नगर उद्योग वाणिज्य संघको रुपमा मिती २०६८ भाद्र ३ गते स्थापित भई आफनो उद्धेश्य अनुरुप उद्योगी व्यावसायीहरुको पिरमर्कामा अगिपछी गर्दैगर्दा नवलपरासी जिल्ला टुक्रन गई वर्दघाट सुस्ता पूर्व (पूर्वी नवलपरासी) जसलाई नवलपुर क्षेत्र पनि भनिन्छ । यसरी सूस्ता पूर्व नवलपरासी देशकै कान्छो जिल्लामा इतिहास रचि ७६ औं जिल्ला हुन पुग्यो । यस संघ पनि आफनो जिम्मेवारी समाल्दै अगि वढदै गर्दा जिल्ला संघको रुपमा स्तरउन्ती भएको भनि नेपाल उद्योग वाणिज्य महासंघ ,काठमाण्डौं बाट मिती २०७४।११।०२ मा निर्णय भई मिती २०७४।११।०६ मा च.न.११४३ को पत्रबाट जिल्ला स्तरिय उद्योग वाणिज्य संघ भई कार्य गर्नु पर्नेे पत्र प्राप्त भएकोमा उक्त पत्र अनुसार यस संघले आफनो कार्य सम्पादनलाई अझ वढी शसक्त पार्दै संघको मिती २०७५ माघ २७ गते सम्पन्न चौथौ साधारण सभा एवम भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय अध्यक्ष श्री भवानी राणा विशिष्ट अतिथी श्री चण्डीराज ढकालज्यूहरुको उपस्थितीमा जिल्ला संघ घोषणा भई आएको हो ।
हामी उद्योगी व्यवसायीहरुको साझा यो संघको भविष्य हामीसबैको हातमा छ । साना ठुला व्यापारी उद्योगीहरुले यो जिल्ला संघ आफनो संस्था हो भनी मन,वचन र कर्मले संस्थामा सदस्यता लिई निजि क्षेत्रमा क्रियाशील हामी तमाम व्यवसायीहरुको सक्रियता जागोस भन्ने हाम्रो चाहाना छ । यो जिल्ला संघ नितान्त गैर–राजनितिक चरीत्र बोकेको पेशागत संगठन हो । हामी सबैको विचार त आ–आफ्नो होला हुनु पनि पर्दछ तर संघ हरेक गतिविधिहरुमा राजनीतिक प्रभाव नपरोस भनी हामी सबै उद्योगी, व्यावसायी साथीहरुलाई आग्रह गर्दछौं । हाम्रो माझ विभिन्न चुनौतिहरु छन् जस मध्यको एउटा जिल्ला भित्रका नगर उद्योग वाणिज्य संघहरुलाई हातेमालो गरी सबै संघहरुको भविष्य र उन्नती प्रगतीले सु–सज्जीत पार्ने एउटा जिम्मेवारी हामीले महसुस गरेका छौं । हामीले विभिन्न नगर उद्योग वाणिज्य संघहरुको अस्तित्व सर्व स्वीकार गरी कंही कसैलाई कहिल्यै, छिन्न भिन्न र अविभावक विहिन भएको हेर्न हामी कदापि सक्दैनौ यसै अवसरमा हामी साझा कार्यक्रम र सामुहिक चिन्तनबाट अघी बड्ने प्रण गर्दछौं । यस जिल्ला संघको सम्पूर्ण पदाधिकारी ज्यूहरु, सदस्य, उद्योगी तथा व्यापारीक प्रतिष्ठानहरु हाम्रो सक्रीयतामा जिल्ला संघको भविष्य उज्वल निर्भर गर्ने हँुदा एकजुट भई सहकार्य, सहयोगको लागी आव्हान गर्दछु ।
View More
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम
Seventh General Condition Program
Seventh Convention Program
Award Received
District Chamber of Commerce & Industries Nawalparasi Ba.su.Purba Gaindakot
Gaindakot
078-501122
ccigaindakotnepal@gmail.com
Copyright © 2019 by CCI Gaindakot. All rights reserved